२०८१ मङ्सिर ७ गते शुक्रवार | 2024 November 22nd Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौँका तीन ठाउँमा प्रदर्शन हुँदै, पाँच हजार प्रहरी र पाँच सय ट्राफिक खटिँदै

७ मंसिर , काठमाडौँ । काठमाडौंका तीन ठाउँमा आज विभिन्न समूहले प्रदर्शन गर्दैछन् । नेकपा एमालेले काठमाडौंमा आज जागरण सभा गर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ । यस्तै माइतीघरमा सहकारी पीडितहरूको प्रदर्शन चलिरहेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले पनि आजै काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दैछ ।

पाँच हजार बढी प्रहरी र ५०० ट्राफिक प्रहरी खटिंदै
एकै दिन तीन ठाउँमा फरक–फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए । त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन पाँच सय बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए

मंसिर ७, काठमाडौँ । काठमाडौंका तीन ठाउँमा आज विभिन्न समूहले प्रदर्शन गर्दैछन् । नेकपा एमालेले काठमाडौंमा आज जागरण सभा गर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

एमालेले दरबारमार्गमा गर्ने जागरण सभाका लागि भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्ग पुग्नेछ । यस्तै माइतीघरमा सहकारी पीडितहरूको प्रदर्शन चलिरहेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले पनि आजै काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दैछ ।

पाँच हजार बढी प्रहरी र ५०० ट्राफिक प्रहरी खटिंदै
एकै दिन तीन ठाउँमा फरक–फरक समूहको प्रदर्शन हुने भएपछि शुक्रबार काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तीन ठाउँमा प्रदर्शन हुन लागेकाले आम नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन शुक्रबार ५ हजार भन्दा बढी प्रहरी खटाइने जानकारी दिए । त्यस्तै ट्राफिक व्यवस्थापन सहज बनाउन पाँच सय बढी ट्राफिक प्रहरी खटाइने पनि उनले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस