२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब, चार महिनामै थपियो ८४ अर्ब

६ मंसिर , काठमाडौँ । चालु आर्थिक वर्षका चार महिना साउन, भदौ, असोज र कात्तिकमा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । यससँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण कुल २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत असारमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।

कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋणमध्ये १२ खर्ब ६५ अर्ब ८९ करोड बाह्य र १२ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ आन्तरिक ऋण छ । यसैगरी तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४४.१४ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण जीडीपीको २१.९५ र बाह्य २२.१९ प्रतिशत छ । हालसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९.७२ र बाह्य ५०.२८ प्रतिशत छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस