६ मंसिर, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य फेरि निरन्तर उकालो लागिरहेको छ । आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो । त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ। चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।