२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘ग्रेटर नेपाल’ अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

६ मंसिर, काठमाडौँ । ‘ग्रेटर नेपाल’ अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताएका छन् ।

भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएका छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना देखिएको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउँदै आएका छन् । त्यसक्रममा उनी पटक–पटक पक्राउ पर्ने गरेका छन् । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनु अगाडि उनलाई प्रहरीले निवास बाहिरबाटै पक्राउ गरेको थियो । नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस