२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कास्की र मनाङको सिमानामा भूकम्पको धक्का

काठमाडौं । कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस