काठमाडौं । आईसीसी महिला यू-१९ विश्वकपका लागि छनौट पुतलीबजार नगरपालिकाका-३ महिला क्रिकेट खेलाडीलाई सम्मान गरिएको छ। खेलाडीहरूलाई खुमा अर्याल फाउण्डेशनले दोसल्ला, सम्मानपत्र र नगदले सम्मान गरेको हो।
फाउण्डेशनको छैटौं स्थापना दिवसको अवसर पारेर भीरकोट नगरपालिका-७ बलमाटामा बुधबार आयोजित स्वास्थ्य शिविरसहित खेलाडी सम्मान कार्यक्रममा यू-१९ महिला राष्ट्रिय क्रिकेट समूहमा प्रतिनिधित्व गर्न सफल ३ जना खेलाडीलाई सम्मान गरिएको हो।
प्रतिनिधिसभा सांसद राजु थापा, फाउण्डेशनका संरक्षक खुमा अर्याल, डा.लुना अर्याल र अध्यक्ष लेखनाथ शर्माले तीनै जना खेलाडीलाई जनही एकरएक लाख नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन्।
युएईमा भएको यू-१९ महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिममा स्याङ्जाका ३ जना महिला क्रिकेट खेलाडी सहभागी हुने भएका छन्।
गण्डकी प्रदेशमै कास्कीका एकजना र स्याङ्जाका ३ जना रहेको अध्यक्ष थापाले जानकारी दिए।