२०८१ मङ्सिर ५ गते बुधवार | 2024 November 20th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रसाईंलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । साइबर अपराध मुद्दामा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए । प्रसाईंलाई सीआईबीले साइबर सेलको अनुरोधमा ‘साइबर क्राइम’ मुद्दामा समातेको हो ।

प्रसाईंले पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध विवादास्पद बयान दिएपछि उनी पक्राउ परेका हुन् ।
प्रसाईंले सोमबार कम्बोडियामा टेलिकम क्षेत्रमा प्रधानमन्त्री ओलीको लगानी रहेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस