२०८१ मङ्सिर ५ गते बुधवार | 2024 November 20th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ऐन महरले भने, मलाई फसाउन खोजियो, ती महिलालाई छोएको समेत छैन

काठमाडौं । नेकपा (एमाले) का नेता ऐन महरले आफूमाथि झुटो आरोप लगाएको बताएका छन् । बुधबार साँझ फेसबुक लाइभमा आएका ऐन महरले आफूलाई फसाउन खोजिएको दाबी गरेका हुन् । महरले आफू अदालती प्रक्रियामा रहेको पनि बताएका छन् । अहिले आफू अदालतको निर्णय गरिरहेको उनको भनाइ छ । जसले गैरकानूनी काम गर्छ, जसले कानूनविपरीत काम गर्छ, जसले गल्ती गर्छ, त्यसलाई सजाय दिनु अदालतको धर्म हो । र, पीडितलाई न्याय दिनु पनि अदालतको धर्म हो, उनले भनेका छन् ।

आफूलाई ‘हनी ट्र्यापिङ’मा पार्न खोजिएको दाबी गरेका महरले आफूले ती महिलालाई ‘टच’समेत नगरेको दाबी गरेका छन् । “पीडित भनेको के महिलामात्रै हुन्छ ? कोही महिलाले आएर संगीन आरोप लगायो, तँ यस्तो होस् भन्यो, सबैले त्यो कुरा पत्याइदिनुपर्ने ? कुनै प्रमाण, कुनै घटनाक्रम, कुनै तथ्य, त्यसको वास्तविकता बुझ्नुपर्दैन ? सरासर झुट, कपोकल्पित, भ्रामक, षड्यन्त्रपूर्वक र योजनाबद्ध तरिकाले को पराकाष्ठा हो,” उनको दाबी छ । महरमाथि एक महिलाले आफूमाथि जबजरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस