काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी रकम अपचलनका गरेको आरोपमा चितवनमा पनि उजुरी परेको छ ।
चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो। लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका हुन् ।
लामिछानेसहित अन्य १० जनाविरुद्ध सहाकारी ठगीको जाहेरी परेको हो । सहारा चितवनबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार अवैध तरिकाले गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित अन्य १० जना विरुद्ध जाहेरी परेको छ ।