४ मंसिर, काठमाडौँ । विश्व शौचालय दिवस ‘टोइलेट्सः ए प्यालेस प्यालेस फर पिस’ भन्ने नाराका साथ आज मनाइँदै छ ।
विश्व शौचालय दिवसको अवसरमा शौचालय स्वस्थ जीवन र सभ्य समाजको ऐना भन्दै शौचालयको दिगो व्यवस्थापनमा सरोकारवालाहरूले जोड दिएका छन् । शौचालय दिवसको पूर्वसन्ध्यामा स्मार्ट वास सोलुसन्सद्वारा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनीहरूले सुरक्षित खानेपानी र सरसफाइ नागरिकको मौलिक अधिकार भए पनि सरकारले खासै चासो नदिएको बताए ।
फोहोरमैला व्यवस्थापनलाई समस्याका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र त्यसका लागि प्रविधि र लगानीमा जोड दिनुपर्ने उनीहरूको सुझाव छ । पूर्वमन्त्री गणेश साहले फोहोर मैलाकोे दिगो व्यवस्थापनबाट अन्य मुलुकहरूले अर्बौं रुपैयाँ आर्जन गरिरहेको भए पनि नेपाल भने चुकिरहेको बताए ।
उनले भने, ‘ट्वाइलेट, वासरुम हुँदै अहिले रेष्टरुम भएको छ, त्यसैले अबको स्मार्ट ट्वाइलेटमा जार्नुपर्छ ।’ एनिमलको गोबर गोबरबाट ग्यास बन्छ भने मानिसको चाहिँ किन नबन्ने ? स्यानिटेसन क्षेत्रमा टिलियन डलर छ ।, खानेपानी तथा फोहोरमैलाको दिगो व्यवस्थापनका लागि संघ, प्रदेश, स्थानीय तहका लागि सबै सरोकारवाला निकायले मिलेर काम गर्नुपर्ने उनको जोड थियो ।
धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्यान्जोले खानेपानी, शौचालय तथा फोहोर मैलाको दिगो व्यवस्थापनमा धुलिखेल नगरपालिकाबाट अन्य स्थानीय तह र संघ र प्रदेशले पनि सिक्न सक्ने बताए । तथापि, शौचालय, खानेपानी तथा सरसफाइ क्षेत्रमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यमा समस्या रहेको पनि उनले बताए ।