काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एक हजार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार ९५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।