२०८१ मङ्सिर ४ गते मङ्गलवार | 2024 November 19th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइँदै

काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउन लागिएको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकृतले जानकारी दिए । जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए । स्वर्णलक्ष्मीका कोषाध्यक्ष कुमार रम्तेलसँग बयान लिएर काठमाडौँ प्रहरीले उनलाई पोखरा पठाएको छ ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए । स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस