२०८१ मङ्सिर ४ गते मङ्गलवार | 2024 November 19th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्गा प्रसाई फेरि पक्राउ

४ मंसिर, काठमाण्डौँ । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर प्रसाईंलाई निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार प्रसाईंलाई अहिले प्रहरीको साइबर ब्युरोमा उपस्थित गराइएको छ ।

साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट विश्सवसनीय लाग्दैन । प्रमाण भनिएको उक्त स्क्रिनस मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको फोटोलाई प्रोफाइल पिक्चर राखिएको उक्त खातामा हालिएको भिडियोमा उक्त ‘अपुष्ट प्रमाण’ केही समयदेखि राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्राप्त भएको भनिएको छ । प्रसाईंले सोमबार त्यो चिर्कटो सार्वजनिक गरेका हुन् । प्रसाईंले तथ्य–प्रमाण भन्दै प्रस्तुत गरिएको चिर्कटोमा प्रधानमन्त्री ओलीको हस्ताक्षर मात्र होइन, नाम समेत सहि छैन । गत असोज ६ गते पनि साइबर अपराध कसुरमा उनलाई पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस