२०८१ मङ्सिर ३ गते सोमवार | 2024 November 18th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी पदाधिकारी बैठक बस्दै, के–के छन् एजेण्डाहरु ?

३ मंसिर , काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो । जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस