२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपालले आज अफगानिस्तानसँग खेल्ने

१ मंसिर , काठमाण्डौँ । फिफा विन्डोअन्तर्गत त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा नेपालले शनिबार अफगानिस्तानसँग सेन्टर स्टेडियम डुसान्बेमा खेल्दै छ ।

अफगानिस्तानसँग नेपालको ११ वर्षपछि भेट हुँदै छ । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा अफगानिस्तान १–० ले विजयी भएको थियो । सन् २००६ देखि नेपाल र अफगानिस्तानबीच ६ खेलमा प्रतिस्पर्धा भएको छ । त्यसमा नेपालले ३ र अफगानिस्तानले २ पटक जितेका थिए । एक खेल बराबरीमा टुंगिएको छ । अफगानी टिम बिहीबार डुसान्बे आइपुगेको छ । टोली फिफा वरीयतामा नेपालभन्दा २५ औं स्थान माथि छ ।

नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले अफगानी टिमविरुद्ध सुझबुझ साथ खेल्ने बताए । नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्नेछन् । इन्डोनेसियाको शीर्ष डिभिजन लिगमा खेलिरहेका रोहित चन्दले रक्षापंक्ति सम्हाल्नेछन् । कीर्तिमानी १४ गोलका लागि प्रयासरत अञ्जन विष्ट अग्रपंक्तिमा हुनेछन् । अनुभवी र युवा खेलाडी मिश्रित नेपालले आफ्नो विरासतलाई निरन्तरता दिने अपेक्षा छ ।

#मैत्रीपूर्ण फुटबल

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार
प्रतिक्रिया दिनुहोस