काठमाडौं । राष्ट्रिय कर दिवस २०८१ को उद्घघाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्रीले करमा उल्लेख्य योगदान पुर्याउने करदाता तथा कार्यालय एवं कर्मचारीहरुलाई पुरस्कृत गरेका छन् । जसमध्ये आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरलाई समग्र कार्यसम्पादन समेतका आधारमा A+ ग्रेडिङ्ग प्राप्त गर्न सफल भएकोमा उक्त कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यलाई प्रशंसा-पत्र प्रदान गरिएको छ ।
आन्तरिक राजस्व विभाग स्रोतका अनुसार गत आर्थिक बर्षको राजस्व संकलनको लक्ष्यको तुलनामा उक्त कार्यालयले १०४ प्रतिशत उपलब्धी हासिल गरेको थियो । उक्त प्रशंसा पत्र प्राप्तिसँगै आगामी दिनमा कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउने जिम्मेवारीका लागि उत्प्रेरणा एवं उर्जा प्राप्त भएको प्रमुखले प्रतिक्रिया दिए ।
यस्तै कार्यक्रममा अन्य आन्तरिक राजस्व कार्यालयहरुमा भद्रपुर तथा ईटहरी तथा करदाता सेवा कार्यालयतर्फ तौलिहवा, दिक्तेल, र पुतलीबजारका कार्यालयहरुलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो ।