२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सकिएन, भोलि फेरि लिइने

२८ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको रुपन्देहीमा दोस्रो दिनको बयान सकिएको छ । आज बिहान साढे १० बजेदेखि साँझ ७ बजेसम्म बयान लिइएको छ । दोस्रो दिन आज लामिछानेलाई ६० प्रश्न सोधिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भोलि पनि बयान लिइने प्रहरीले जानकारी दिएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान लिइएको थियो । बयान सकिएपछि गए राति लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो भने बुधबार पनि सोही कक्षमा राखिने प्रहरीले जनाएको छ ।

बयानपछि लामिछानेलाई कडा सुरक्षाकाबीच जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिने क्रममा ‘खोरमा थुनिंदैमा बाघ स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रहरीले बुधबार उनलाइ थप घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा बयानमा लामिछानेले इन्कारी वयान दिएका छन् । लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस