२०८१ मङ्सिर १० गते सोमवार | 2024 November 25th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कालीकोटमा २० जना सवार बोलेरो ५०० मिटर तल खस्यो, १० जनाको मृत्यु

सुर्खेत । कालीकोटको पलाता गाउँपालिका–३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् ।

पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस