२४ कार्तिक, काठमाडौँ । हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सरोकारवाला पक्षसँग पाँच बुँदे सहमति गरेको छ । शनिबार बसेको प्राधिकरण, सरकार र स्वदेशी तथा विदेशी एयरलाइन्स वायुसेवा कम्पनीहरुका प्रतिनिधिको बैठकमा यस्तो सहमति भएको हो ।
सहमति अनुसार एयरलाइन्स कम्पनीहरुले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रुपमा टिकट बिक्री गर्ने अधिकार टीबीए खारेज गरिदिएको छ । त्यस्तै, एयरलाइन्स हवाई सेवा सञ्चालनसम्बन्धी द्विपक्षीय सम्झौता बमोजिमको शर्त पालना गर्दै यात्रुलाई मर्का नपर्ने गरि हवाई भाडादर कायम गर्ने सहमति समेत भएको छ ।