काठमाडौँ । नेकपा एमालेका महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई भ्रातृशोक परेको छ । महासचिव पोखरेलका दाजु देवी पोखरेलको गएराति ७४ वर्षको उमेरमा निधन भएको हो ।
नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको परिवारले जानकारी दिएको छ । उनको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।