२३ कार्तिक , काठमाडौँ । चितवनमा बस र माइक्रोबस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
भरतपुर महनगरपालिका २९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किका हुन् ।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख। २८१२ नम्बरको बस एकापसमा ठक्किएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने सबैको पहिचान हुन सकेको छैन। गोर्खा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।