२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक, के-के बिषयमा हुँदैछ छलफल ?

२२ कार्तिक , काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ । सत्ताबाट बाहिरिएपछि सबै प्रदेशमा परामर्श समितिको बैठक गरेको माओवादीको दसैँ तिहार लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने तयारी थियो ।

सचिव दिनानाथ शर्माले उपनिर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गर्न शुक्रबार बिहान ११ बजे पेरिसडाँडामा बैठक बस्ने गरी बोलाएको बताए ।

उपनिर्वाचनको मिति नजिकिएकाले पार्टी ध्यान त्यतै केन्द्रीय हुने भएकाले अहिले नबस्ने भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । माओवादीको अब बस्ने केन्द्रीय कमिटीको बैठकपछि पार्टी निर्माणको अभियान चलाउन तयारी गरेको छ । यही केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र उठेका विषयवस्तुलाई पनि आफ्नो दस्तावेजमा समेट्ने बचन भएका छन् ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस