२२ कार्तिक, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पोखरामा गर्दै आएको प्रदर्शनलाई जारी राख्ने भएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनलाई निरन्तरता दिने जानकारी दिएका हुन् ।
मंगलबार पोखरामा नै भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेको भन्दै रास्वपाले भर्त्सना पनि गरेको छ ।