२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी गर्ने जिम्मेवारी परराष्ट्रमन्त्री आरजु राणालाई

२२ कार्तिक , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गर्न कांग्रेस–एमालेले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जिम्मेवारी दिएको छ ।

दुई दलको सरकार सञ्चालन संयन्त्रले आउँदो मंसिर १७ देखि २१ गतेसम्म हुने ओलीको चीन भ्रमणका लागि तयारी अघि बढाउन राणालाई जिम्मेवारी दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन सुझाव अनुसार परराष्ट्रमन्त्री राणाले भ्रमणको तयारी गर्ने कांग्रेस पार्टी कार्यालयका सचिव केशवराज जोशीले जनाए ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस