२२ कार्तिक , काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मेक्सिको प्रस्थान गरेका छन् ।
मकै र गँहुबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था सिआइएमएमआइटीको आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी त्यहाँ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्री अधिकारी मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । छलफलबाट नेपाल सरकार र सिआइएमएमआइटी संस्थाबीच भएको १० वर्षीय सम्झौताअनुरूपका अनुसन्धान तथा विकास क्रियाकलाप र संयुक्त कार्यक्रमको योजना तयार गरिनेछ ।
मन्त्री अधिकारीले मेक्सिकोको कृषिसम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन् ।