२१ कार्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ उनीहरूलाई पाँच किलो सात सय ग्राम सुनसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा एक चिनियाँ र दुई जना म्यानमारका नागरिक रहेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । एयर अरेबियाको उडान नम्बर जी ९५३० मा शारजाहबाट काठमाडौं आएका उनीहरूलाई सुनससहित नियन्त्रणमा लिइएको उनले बताए । सहप्रवक्ता थापाका अनुसार उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेकगर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब सुन फेला परेको थियो ।