काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो । हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र नेपालले एक/एक अङ्क बाँडेका छन् ।
नेपाल १२ खेलमा २ मा जीत, ८ मा हार र २ खेल रद्द हुँदा ६ अङ्कका साथ सातौँ स्थानमा छ । स्कटल्याण्ड ११ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा छ । अमेरिका १२ खेलमा १६ अङ्ककासाथ शीर्ष स्थानमा छ । क्यानडा पनि १२ खेलमा १६ अङ्कसहित रनरेटका आधारमा दोश्रो स्थानमा छ । अमेरिकामा घरेलु टोली, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय शृङ्खला भएको हो ।