काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२६ का लागि आवेदन दिने समय दुई दिन थपेको छ। यसअघि ५ नोभेम्बर २०२४ सम्मका लागि तोकिएको आवेदन समयावधि अब ७ नोभेम्बरसम्म बढाइएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।
असोज १६ गते बुधबार राति ९:४५ बजेबाट डीभी भिसाका लागि आवेदन खुला गरिएको थियो। अमेरिकी दूतावासका अनुसार डिभी कार्यक्रममार्फत अमेरिका लैजाने व्यक्ति निष्पक्ष तरिकाले छनोट गरिन्छ। यसका लागि प्रत्येक व्यक्तिले एक मात्रै आवेदन दिनुपर्नेछ, र एकभन्दा बढी आवेदन दिएमा अयोग्य ठहरिनेछन्।