काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डिया जहाजमा बम रहेको सूचना हल्ला मात्रै भएको पाइएको छ । धम्कीपछि आएपछि सबै यात्रुलाई ओरालेर गहन जाँच गरिएको थियो । विमानमा १६८ यात्रु लिइ थिए ।
बमको सूचना दिउँसो ४:३१ बजे नागरिक उड्ययन प्राधिकरणमा प्राप्त भएको थियो । उक्त सूचनापछि सुरक्षा टोली, नेपाली सेना र प्रहरीको विशेष टोलीले जहाजको सघन निरीक्षण गर्यो । विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर बिकका अनुसार विमान र सबै लगेजको पुन: जाँच कुकुरको सहयोगमा गरिएको थियो ।
पछिल्ला सदनमा भारतीय विमानभित्र बम राखिएको हल्ला फैलने गरेको छ । यसअघि पनि एयर इन्डियाका साथै भिस्तारा एयरलाइन्सको जहाजमा बमको झुटो सूचना आएको थियो ।