काठमाडौं—हङकङ सिक्सेस क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँग ४० रनले पराजित र्भपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । हङकङको मिसन रोड मैदानमा भएको खेलमा श्रीलङ्काले दिएको १२४ रनको लक्ष्य पछ्याउँदै नेपालले पाँच ओभरमा ८३ रन मात्र बनाउन सफल भएको थियो ।
नेपालका लागि राशिद खानले १८ बलमा आठ छक्का र एक चौकासहित सर्वाधिक ५५ रन जोडे । श्रीलङ्काका थरिन्दु रत्नानायके र लाहिरु समराखोनले दुई–दुई विकेट लिए । यसअघि समूह चरणमा नेपालले इङ्ल्यान्ड र अस्ट्रेलियालाई हराएको थियो ।