२०८१ कार्तिक १६ गते शुक्रवार | 2024 November 1st Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज औँसी, छैन तिहारको कुनै पर्व : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । आज नेपालीको दोस्रो ठूलो चाड तिहारको औँसी परे पनि कुनै विशेष तिहार पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। औँसी बेलुकी परेका कारण लक्ष्मीपूजा बिहीबार नै मनाइएको थियो। यस्तै, गाई पूजा भने शनिबार कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइने समितिले जानकारी दिएको छ।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, तिथिको घटबढले गर्दा तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ। यसरी औँसीका दिन कुनै पर्व नपर्दा पनि औँसी आफैं एक पर्व हो, जसमा विशेष गरी पितृकर्म गरिन्छ।

यो वर्ष कात्तिक १३ गते मङ्गलबारबाट सुरु भएको तिहार कात्तिक १८ गते आइतबार भाइटीकासँगै सम्पन्न हुनेछ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले गाई पूजा शनिबार गर्नुपर्ने शास्त्रीय मान्यता रहेको र गाईलाई गौमाताका रूपमा वर्षभरि नै पूजा गर्न सकिने बताए। शनिबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलिपूजा, हलीतिहार, आत्म पूजा, र नेपाल संवत् ११४५ को नयाँ वर्ष एकै दिन परेको जानकारी पनि समितिले दिएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस