२०८१ कार्तिक २१ गते बुधवार | 2024 November 6th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशमा हसिना नेतृत्वको गठबन्धन दलको कार्यालयमा तोडफोडपछि आगजनी

काठमाडौं ।  बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछी उनी नेतृत्वको गठबन्धन दलमाथि संकट झन् झन् बढ्दो छ ।

हसिनाको पार्टी अवामी लिग र गठबन्धन दलका नेताहरू अन्तरिम सरकार आएपछि पनि आक्रमणमा परिरहेका छन् । यसैबीच ढाकास्थित राष्ट्रिय जातीय पार्टीको केन्द्रीय कार्यालयलाई पनि प्रदर्शनकारीले निशाना बनाएका छन् ।

उनीहरूले पहिले कार्यालयमा तोडफोड र त्यसपछि आगजनी गरेको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।

बंगलादेशमा १५ वर्ष शासन गर्ने शेख हसिनाको पार्टीले यस वर्ष अगस्टमा विद्यार्थी आन्दोलनको सामना गर्नुपरेको थियो । जसका कारण हसिना सत्ताबाट हटेर हाल भारतको शरणमा छिन् ।

प्रकाशित मिति : २०८१ कार्तिक १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस