२०८१ कार्तिक १५ गते बिहिवार | 2024 October 31st Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिपर दुर्घटनामा अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत दुई भारतीय मजदुरको मृत्यु

१५ कार्तिक, काठमाण्डौँ । टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत दुई भारतीय मजदुरको मृत्यु भएको छ । दुर्घटना अरु दुई भारतीय मजदुर घाइते भएका छन् । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार राति दुर्घटनामा परेको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए ।

टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक मोहमद रहेको डीएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस