काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिपको उपाधि जित्ने दौडमा रहेका नेपाललाई बंगलादेशबीच एक एक गोलको बराबरी भएको छ । नेपालको काठमाडौंस्थित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु खेलमा घरेलु टोली निलो जर्सीमा मैदानमा उत्रिएको छ भने प्रतिद्वन्द्वी बंगलादेश रातो जर्सीमा छ । नेपालकाविरुद्ध बंगलादेशले सुरुवाती गोल गरेको थियो लगत्तै नेपालले गोल फर्काएर बराबरी गरेको छ ।
नेपालले हालसम्म पाँचपल्ट साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेलिसकेको छ । तर उपाधि जित्नबाट भने चुकेको छ । आजको खेलमा दुई पटक साफ वुमेन्स च्याम्पियनसिप खेलेको बंगलादेशलाई पराजित गर्दै नेपाल उपाधिको खडेरी अन्त्य गर्ने दाउमा छ । दुई टोलीबीच हालसम्म भएका १२ मध्ये ६ खेलमा नेपाल विजयी छ भने १ खेल बंगलादेशले जितेको छ । ५ खेल भने बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामै मात्र नेपाल र बंगलादेश तीनपल्ट भिडेका छन् । यसमा दुवै टिमले एकरएक जित निकालेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ ।
नेपालले यसअघि बंगलादेशविरुद्ध सन् २०२३ को हाङचाउ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेल १–१ को बराबरीमा टुंगिएको थियो ।