१४ कार्तिक, काठमाण्डौँ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी कोरला नाकामा आज अध्यागमन इमिग्रेसन कार्यालयसहित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बीओपी भवनको उदघाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले कोरलानाका पुगेर इमिग्रेसन कार्यालयको उद्घाटन गरेका हुन् ।
गृहमन्त्री लेखकले लोमान्थाङ १ छोसेरस्थित नेचुङमा नव निर्मित बीओपी भवनको उद्घाटन गर्ने कार्यक्रम छ । गृहमन्त्री लेखकसहित रक्षामन्त्री मानवीर राई, मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचारीसहित काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत इमिग्रेसन कार्यालय र बीओपी उद्घाटन गर्न बुधबार बिहान कोरलानाका पुगेका हुन् ।