१४ कार्तिक , काठमाडौँ । बेल्जियमका लागि राजदूतमा सिफारिस परराष्ट्र सचिव सेवा लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज बिहान परराष्ट्र सचिव लम्साललाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो ।
गत भदौ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी थिइन् । उनी पहिलो महिला परराष्ट्र सचिव हुन् । उनको कार्यकाल केही महिना बाँकी थियो ।
कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो ।