२०८१ कार्तिक १४ गते बुधवार | 2024 October 30th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज मनाइँदै

१४ कार्तिक , काठमाण्डौँ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो ।

बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् ।

काठमाण्डौको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् रुपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसका रुपमा आयुर्वेद क्याम्पस सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस