१२ कार्तिक, काठमाण्डौँ । सङ्खुवासभामा लगातार ओरालो लागेको अलैँचीको मूल्यमा केही सुधार आएको छ । अलैँचीको मूल्य प्रतिमन अर्थात् ४० किलोको ९० हजार रुपैयाँ पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार रुपैयाँसम्म झरेको थियो ।
अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले अहिले अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको जानकारी दिए । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य बढेको हो । उत्पादन कम र माग बढी भएका कारण अलैँचीको मूल्य बढेको अध्यक्ष श्रेष्ठले बताए ।