२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजनीतिक प्रतिशोध त्यागेर रवि लामिछानेको रिहाइ गर्न सरकारसँग रास्वपाको माग, आन्दोलन आजपनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई रिहाइको माग गरेको छ। शनिवार बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको प्रवक्ता मनिष झाले बताए ।

बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने राख्ने निर्णय पनि गरेको उनले बताए। बैठकले आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरेको छ। आज रास्वपाको विरोध प्रर्दशन ३ बजेदेखि ५ बजेसम्म माइतिघर मण्डलामा हुँदैछ ।

प्रवक्ता झाले भने, ‘राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने । आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिनेछ।’

पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने पनि निर्णय गरेको छ। यस्तै, स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन बैठकले दिएको उनले बताए।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस