११ कात्तिक, काठमाडौं । यस सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडमाथि ४-० को सानदार जित हात पारेको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो ।
बार्सिलोनालाई फराकिलो जित दिलाउन रोवर्६ लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे । खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता नदिँदा रियलले अग्रता लिने मौका गुमाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको हो । ५४ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे ।
लामिन यामलले ७७औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो । बार्सिलोना यतिमै रोकिएन । कप्तान राफिन्हाले ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले सानदार जित हात पारेको हो ।
जितपछि लिग लिडर बार्सिलोनाले यस सिजन उत्कृष्ट लयलाई कायम राख्दै रियल मड्रिडमाथि नै ६ अंकको अग्रता बनाएको छ । ११ खेलबाट बार्सिलोनाको ३० अंक जोडेको छ । यस सिजन पहिलो हार व्यहोरेको रियलको समान खेलबाट २४ अंक छ ।