२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको गोललाई मान्यता दिइएन, भारतलाई अग्रता

११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् ।

भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला केही समय तनावग्रस्त भयो । केही समय रेफ्रि र खेल अफिसियलको टोलीले छलफल चलायो । तरपनि गोललाई मान्यता दिएन ।

रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो । बल चलाउन रेप्र्रmीले नै अनुमति दिएका थिए । तर गोेलकिपर तयार नरहेको अवस्थामा भएको गोललाई मान्यता नदिने रुल बुकलाई आधार बनाइएकको छ ।

 

 

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस