२०८१ कार्तिक १० गते शनिवार | 2024 October 26th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तिहारमा ४५ लाख माला खपत हुने अनुमान, सयपत्रीमा छैन आत्मनिर्भर

३कार्तिक, काठमाडौँ । तिहारमा अन्य समयको तुलनामा बढी फूलमाला खपत हुने गरेको छ । व्यापार हुने मुख्य सिजन भएकाले कृषकहरूलाई फूल टिप्ने तथा माला गाँस्ने चटारो बढेको छ ।

यस वर्षको तिहार कात्तिक १४ गतेबाट सुरू हुँदैछ । त्यसैले पनि व्यावसायिक पुष्प खेती गर्नेहरूको व्यस्तता बढेको हो ।

यस वर्षको तिहारमा ४५ लाखभन्दा बढी माला खपत हुने अनुमान नेपाल फ्लोरिकल्चर एशोसियसन ९फ्यान० को छ । जसमा पनि सयपत्रीको माला अत्यधिक खपत हुन्छ ।

यस बर्षको तिहारमा करिब ४० लाख सयपत्री फूलको माला, ४ लाख ७५ हजार मखमली, २० हजार गोदावरी र ३० हजार मिक्स माला गरि जम्मा ४५ लाख २५ हजार माला खपत हुने अनुमानित आँकडा एशोसियसनको छ ।

यो वर्ष तिहारमा ३७ करोड १८ लाख रुपैयाँ बराबरको माला खरिदबिक्री हुने अनुमान गरिएको एसोसिएसनका उपाध्यक्ष तथा १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८१ का मेला संयोजक राम बहादुर तामाङले बताए ।

बजारमा सबैभन्दा बढी खपत हुने सयपत्री फूलमा नेपाल अझै परनिर्भर छ । नेपालमा उत्पादित सयपत्रीले करिब ६२।५० प्रतिशत मात्र माग धान्ने अवस्था छ ।

करीब ३७.५० प्रतिशत आयात गर्नुपर्ने अवस्था हुनसक्ने अनुमान एशोसियसनको छ ।
तिहारमा ४० लाख सयपत्रीको माला खपत हुने अनुमान गरिए पनि २५ लाख मात्र स्वदेशी उत्पादनले धान्ने अवस्था छ । १५ लाख माला विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस