२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि र छविको बहस सुरु, थुनामुक्त हुने सम्भावना कति ?

पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस सुरू भएको छ । कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

रवि र छवि दुवै जनालाई अदालत कार्यालय खुलेसँग उपस्थित गराइएको थियो । रविको बहस भइरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

शहीद चोक क्षेत्र निषेधित क्षेत्र कायमै छ भने हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै बाक्लो प्रहरी परिचालन गरिएको छ । संगठित अपराधमा समेत मुद्दा दायर भएकाले कसूर ठहरे तीन बर्षभन्दा बढी नै कैद हुने देखिन्छ । यस्तो अवस्थामा उनीहरुलाई अदालतले धरौटीमा छोड्न सक्दैन । थुनामै राखेर अनुशन्धान गर्न अदालतले फेरि म्याद थपिदिनसक्छ । पेस गरिएको फाइल कमजोर देखेर अभियोग पुष्टि हुनसक्ने अवस्था नदेखिएमा न्यायाधीशले आजै छोड्न आदेश दिनपनि सक्छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस