२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रविको बयान लिन आलटाल गरेर हिरासत बसाई लम्ब्याउन खोजेको रास्वपाको आरोप

८ कार्तिक, काठमाण्डौँ । रवि लामिछानेसँग समयमै बयान नलिएर सरकारले हिरासत बसाइ लम्ब्याउन खोजेको आरोप रास्वपाले लगाएको छ । रास्वपाका वरिष्ठ उपाध्यक्ष तथा सांसद डा। स्वर्णिम वाग्लेले यस्तो आरोप लगाएका हुन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको विषयमा आज कास्की जिल्ला अदालतमा म्याद थपबारे बहस हुँदैछ ।

लामिछानेलाई म्याद थप गर्न अदालत लैजानुअघि वाग्लेले यस्तो टिप्प्णी गरेका हुन् । उनले अदालतको सम्मानमा आज पोखरामा हुने आन्दोलन शान्तिपूर्ण र सांकेतिक हुने पनि जानकारी दिएका छन् । उनले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको बुधवार साँझबाट पुष्टि भएको बताए । हिरासतमा राखेको १२५ घण्टामा ४, ५ घण्टा मात्रै बयान लिने र आलटाल गर्ने कुराले यसलाई पुष्टि गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस