२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रविलाई थुन्न अदालतले आदेश दिएसँगै पोखरा अशान्त, प्रदर्शनकारीमाथि प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै रास्वपा कार्यकर्ता आक्रोशित भएका छन् । रवि पक्राउदेखि निरन्तर आन्दोलित उनीहरू निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको छ । सोक्रममा २ सेल अश्रुग्यास हानिएको छ ।

रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर बसेर प्रदर्शन गरिरहेका थिए । तर, म्याद थपको सूचनालगत्तै प्रदर्शनकारी आक्रोशित भए । उनीहरू निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोजेको छ । पार्टी कार्यकर्ता र समर्थकले नारावाजी गरिरहेका छन् । प्रहरीले पानीको फोहोरा फ्याँक्ने गाडी पनि तयारी अवस्थामा राखेको छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस