२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१० महिनादेखि अध्यक्ष बिहीन धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने

७ कार्तिक, काठमाडौँ । धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने भएको छ । विगत १० महिनादेखि अध्यक्ष बिहीन भएको बोर्डले कात्तिक दोस्रो सातासम्म अध्यक्ष नपाउने निश्चित भएको छ । गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष बिहीन बनेको छ । अहिले बोर्ड अर्थमन्त्रालयका प्रतिनिधिको भरमा चलेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको वार्षिक बैठकमा भाग लिन सोमबार राति अमेरिकाको वासिङटन डिसीतर्फ गएका छन् । मन्त्री पौडेल कात्तिक दोस्रो साता मात्रै स्वेदश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस