२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेको अनुसन्धानका लागि जिल्ला अदालतले दिएको म्याद आज सकिँदै

७ कार्तिक , काठमाडौँ । रवि लामिछानेको अनुसन्धानका लागि कास्की जिल्ला अदालतले दिएको पहिलो म्याद आज सकिँदै छ । अदालतले पक्राउ परेकै दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो । लामिछाने शुक्रबार साँझ काठमाडौँबाट पक्राउ परेका हुन् ।

आज राति १२ बजेदेखि म्याद सकिने र भोली पुनः उनलाई अदालत उपस्थित गराउने कार्यसूची छ । रवि निर्दोष रहेको र उनलाई निशर्तस् रिहा गर्न उनका समर्थकहरूले पोखरामा निरन्तर प्रदर्शन गरिरहेका छन् । बुधबार सिर्जनाचोकमा प्रदर्शन हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाका नेता कार्यकर्ताहरू रविको पक्राउसँगै पोखरा आएका थिए । शनिबार देखि नै उनीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । विहीबार रविलाई अदालतमा पेश गर्ने भएपछि रास्वपाले अझै जोडका साथ प्रदर्शनको तयारी गरेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस