२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशका राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

७ कार्तिक , काठमाडौँ ।  बंगलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै राष्ट्रपति भवन कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने नेतृत्वको समूह ‘एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको  र्‍यालीमा राष्ट्रपतिको राजीनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो ।

राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन्। मोहम्मद साहाबुद्दिन बंगलादेशका १६औं राष्ट्रपति हुन् । उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस