२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आयात–निर्यात दुवै घट्यो, ३ महिनामा व्यापार घाटा साढे ३ खर्ब बढी

७ कार्तिक , काठमाडौँ । चालु आर्थिक बर्षको तीन महिनामा नेपालबाट हुने आयात–निर्यात दुवै घटेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८१,८२ को वैदेशिक व्यापार तथ्याङ्क अनुसार गत आर्थिक बर्षको सोही अवधीको तुलनामा नेपालबाट हुने निर्यात ६.११ प्रतिशत र नेपालमा हुने आयात ४.१७ प्रतिशतले घटेको हो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधीमा नेपालमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक बर्षको सोही अवधीमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

यस्तै, तीन महिनाको अवधीमा नेपालले ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा नेपालबाट ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकमा निर्यात गरेको थियो ।

यस अवधीमा नेपालले ४ खर्ब ४८ अर्ब ६३ करोड ३८ लाख ६६ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेको छ । गत आर्थिक बर्षको सोही अवधीमा ले ४ खर्ब २९ अर्ब १३ करोड १० लाख ३८ हजार रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार गरेका थियो । आयात निर्यात दुवै घटेको कारण यस बर्षको कुल वैदेशिक व्यापार गत बर्षको सोही अवधीको तुलनामा ४.३५ प्रतिशतले कम हो ।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस