२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

६ कार्तिक, काठमाडौँ । यसपालिको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ ।

एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारमा प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताए । यसवर्ष ४५ लाख माला खपत हुने पनि उनले अनुमान गरे ।

तिहारमा काठमाडौँ उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस